दफा ६१
निविदा मतपत्र सम्बन्धी व्यवस्था
(१) कसैले अर्को मतदाताको नामबाट मतपत्र लिइसकेको वा मतदान गरिसकेको र पछिबाट मतदान गर्न आउने व्यक्ति नै वास्तविक मतदाता हो भन्ने कुरा निजले पेश गरेको प्रमाणबाट देखिन आएमा मतदान अधिकृतले त्यस्तो मतदातालाई निविदा मतपत्र दिनेछ । यसरी निविदा मतपत्र दिएकोमा त्यस्तो मतपत्रमा मतदाताले आफ्नो मत सङ्केत गरिसकेपछि त्यस्तो मतपत्र मतपेटिकामा नहाली त्यसको प्रयोजनको लागि राखिएको छुट्टै खाममा राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निविदा मतपत्र दिने, राख्ने र तत्सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(३) यस ऐन बमोजिम मतगणना गर्दा उपदफा (१) बमोजिम छुट्टै खाममा राखिएका निविदा मतपत्रहरु त्यस समयमा गणना गरिने छैन । निर्वाचन सम्बन्धी उजूरी पर्न आई त्यस्तो उजूरीको निर्णय गर्नको लागि आवश्यक पर्ने भनी ठहर गरेमा अदालतले त्यस्तो निविदा मतपत्रहरु समेत गणना गर्न सक्नेछ ।